Wednesday, May 20News That Matters

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार बढी

पूर्णपुष्टि, चैत ७ गते । 

कोरोना भईरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । एक सय ७९ देश र एउटा पानी जहाजमा फैलिएको कोरोनाका कारण अहिलेसम्म १० हजार ४१ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

दुई लाख ४५ हजार ३३ जना सक्रमित भएका मृध्ये ८८ हजार एक सय ५१ जना उपचारपछि निको भएर घर फर्केका छन् भने बाँकीले उपचार गराईरहेको छ ।

पछिल्लो समयमा कोरोनाको उत्पती स्थल चिनमा भन्दा इटलीमा मृत्यु हुनेको संख्या बढेको छ । अहिलेसम्म चीनमा तीन हजार दुई सय ४५ जनाको मृत्यु भएको छ भने इटलीमा तीन हजार चार सय पाँच जनाको मृत्यु र्भइसकेको जर्नाइएको छ ।

पछिल्लो २४ घण्टामा इटलीमा चार सय २७ जनाको मृत्यु भएको छ भने पाँच हजार तीन सय २२ जना नयाँ सक्रमित फेला परेका छन् । ईटालीमा ४१ हजार ३५ जना सक्रमित भएका मध्ये चार हजार चार सय ४० जना उपचारपछि निको भएर घर फर्केका छन् ।

इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, बेलायत लगायतका देशमा नयाँ सक्रमण र ज्यान गुमाउनेको संख्या उच्च रहेको जनाईएको छ ।