
फागुन ६ गते ।
चिनबाट फैलिएको कोराना भाईरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १८ सय नाघेको छ । सोमबारसम्म एक हजार आठ सय ६८ जनाको मृत्यु भईसकेको चीनको स्वास्थ्य आयोगले बताएको संचारमाध्यमहरुले जनाएको छ ।
सोमबार एकै दिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा पाँच जनाको मृत्यु भएको जनाईएको छ । भाईरसको नयाँ संक्रमित थपिएसँगै भाईरसबाट संक्रमितको संख्या ७४ हजार चार सय ३६ जना पुगेको जनाएको छ । चिनबाहिरका फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक÷एक जनाको ज्यान गएको जनाईएको छ ।
कोरोना संक्रमितको उपचारमा खटेका एक हजार सात सय १६ जना चिकित्सक संक्रमित भएको सरकारी तथ्याङ्कले देखाएको थियो ।
८० प्रतिशतभन्दा बढी बिरामी हल्का लक्षण देखिएपछि ठिक हुन्छन् । १४ प्रतिशत निमोनिया जस्तो गम्भीर र जटिल समस्याबाट पीडित हुने गरेका छन् । पाँच प्रतिशत गम्भीर स्थितिमा छन् र दुई प्रतिशत रोगबाट मर्ने गरेको चिनियाँ स्वास्थ्य तथ्याङ्कले देखाएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
