Sunday, June 28News That Matters

इङ्लिस प्रिमियर लिगमा युनाइटेडको जित

फागुन ६ गते । 

इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले जित हात पारेको छ । गतराती चेल्सीको खेलमैदानमा भएको खेलमा चेल्सीलाई २–० गोलले पछिपार्दै युनाइटेडले जित हात पारेको हो ।

खेलको ४५औँ मिनेटमा म्यान्चेस्टरको एन्थोनी मार्सियलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६६औं मिनेटमा ह्यारी मागुइरेले गोल गर्दै म्यान्चेस्टरले जित हात पारेको थियो ।

म्यान्चेस्टर युनाइटेडको जित सँगै ३८ अङ्क बनाउँदै सातौँ स्थानमा पुगेको छ भने चेल्सी ४१ अङ्कसहित चौथो स्थानमा छ ।