Sunday, June 28News That Matters

प्रजातन्त्र दिवसको अवसरमा व्याडमिन्टन प्रतियोगीता

उदयपुर, फागुन ५ गते ।

७० औँ प्रजातन्त्र दिवसको अवसरमा “तेस्रो जेसीज कप खुल्ला व्याडमिन्टन प्रतियोगीता २०७६” हुने भएको छ । उदयपुर जेसीजको आयोजना र जिल्ला व्याडमिन्टन संघ उदयपुरको सहयोगमा आगामी फागुन ९ गतेदेखि कवर्ड हल बोक्सेमा प्रतियोगीता संचालन हुने भएको हो ।

आगामी ९ र १० गते संचालन हुने प्रतियोगीतामा मेन्स डब्लस “ए” र मेन्स डब्लस “वि” को प्रतियोगीता गराईने आयोजकले जनाएको छ । प्रतियोगीताको लागि आगामी ८ गतेसम्म टिम दर्ता गर्ने सुचना जारी गरी सकेको आयोजकले जनाएको छ ।

मेन्स डब्लस “ए” तर्फ प्रथाम, द्धितिय र तृतिय हुने जोडीलाई नगद १२, ८ र ६ हजारको साथ कप, मेडल र प्रमाण पत्रले सम्मानित गरीने छ भने मेन्स डब्लस “वि” तर्फ प्रथाम, द्धितिय र तृतिय हुने जोडीलाई नगद ८, ६ र ६ हजारको साथमा कप, मेडल र प्रमाण पत्रले सम्मान गर्ने आयोजकले जनाएको छ ।