
माघ १८ गते ।
कोरोना भाईरबाट चीनमा मृत्यु हुनेको सँंख्या २ सय ५९ पुगेको छ भने ११ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तिब्र रुपमा फैलिरहेका कोराना भाईरसबाट चीनमा एक दिनमै दुई हजार भन्दा बढी मानिसमा संक्रमण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण रोक्नका लागि पर्याप्त पहल भईरहेपनि न्युनिकरण नभएको संचारमाध्यहरुले जनाएको छ । वुहानमा पहिचान भएको कोरोना भाइरसको संक्रमण चीनका सबै प्रान्तमा फैलिसकेको छ । भाईरसको संक्रमण तिब्र रुपैले फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार नै विश्वव्यापी स्वास्थ्य आपतकालीन अवस्था घोषणा गरिसकेको छ ।
चीन बाहिरका २२ वटा देशमा गरेर एक सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चीन बाहिर भेटिएका संक्रमितको ज्यान गएको छैन ।
