
उदयपुर, माघ १८ गते ।
उदयपुरमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–६ लालपत्ताबाट रमेश थापा पक्राउ परेको हो ।
लालपत्ता चौकीबाट चेकिङका खटेका प्रहरी टोलीले चोकजाँच गर्ने क्रममा त्रिनपा–१३ निबासी २० वर्षीय थापाको साथबाट ७५ थान नाईट्राजेपाम ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
