Sunday, June 7News That Matters

गाँजासति २ जना पक्राउ

उदयपुर, माघ १८ गते । 

त्रियुगा नगरपालिकाको बगाहाको जंगलबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । त्रिनपा–४ बगााको जंगलमा प्रहरीले चेकजाँच गर्दा अवैध लुकाई छिपाई ल्याउँदै गरेको गाँजासहित अमिस राई र राष्ट्र राईलाई पाक्राउ गरेका हुन् ।

दमौटीबाट गाईघाट तर्फ आउँदै गरेको स ८ प ९७४४ नम्बरको मोटरसाईकलमा सवार त्रिनपा–५ निबासी २० वर्षीय राष्ट्र र २२ वर्षीय असिमलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट चेकिङमा खटेका प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट दुई सय गा्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ गरेको दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।