Sunday, June 7News That Matters

कोरोना भाइरसबाट २८ सय भन्दा बढीको मृत्यु

गाईघाट, फागुन १५ गते । 

चीनको वुहानबाट फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट २८ सय चार जनाको मृत्यु भईसकेको छ । चीनमा मात्रै अहिलेसम्म ३२ हजार पाँच सय सात जना र चीनबाहिर तीन सय १० जनामा कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

अहिलेसम्म ४८ देश वटा देशमा कोरोना भाईरसको संक्रमण फैलिसकेको छ । चिनमा मात्रै दुई हजार सात सय ४७ जनामा कोरोना भाईरसको संक्रमण फैलिएको छ भने ८२ हजार एक सय ६६ जनामा संक्रमण भएको पुष्टि भईसकेको छ ।

चीनपछि इरानमा सबै भन्दा धेरै १९, दक्षिण कोरियामा १३, इटालीमा १२, जापानमा सात, फ्रान्स र हङकङमा दुई–दुई तथा ताइवान र फिलिपिन्समा एक–एक जनाको ज्यान गएको छ ।