
पूर्णपुष्टि, जेठ ५ गते ।
भारतमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट तीन हजार भन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म तीन हजार २९ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म ९६ हजार एक सय ६९ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्र पाँच हजार दुई सय ४२ जना नयाँ संक्रमित फेला परेका छन् ।
सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म ३३ हजार ५३ कोरोना संक्रमित भईसकेको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म एक हजार एक सय ९८ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ ।
गुजरातमा ११ हजार तीन सय ७९ जना संक्रमितमध्ये ६ सय ५९ जनाको मृत्ुय भएको छ । त्यस्तै तमिलनाडुमा ११ हजार दुई सय २४ जना मध्ये ७८ जनाको मृत्यु भएको छ ।
मध्य प्रदेशमा संक्रमितको संख्या चार हजार नौ सय ७७ जना मध्ये दुई सय ४८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै पश्चिम बंगालमा दुई हजार ६ सय ७७ संक्रमित मध्ये दुई सय ३८ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा चार हजार दुई सय ५९ जना मध्ये एक सय चार जनाको मृत्यु भएको छ । त्यस्तै बिहारमा एक हजार दुई सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।
भारतमा ३६ हजार आठ सय २४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
