
पूर्णपुष्टि, जेठ ५ गते ।
कोराना भाईरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु भएकी सुत्केरी महिलाको बच्चा र परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९, राम्च घर भएकी सुत्केरीको गत बिहीबार मृत्यु भएको थियो । सरकारले शनिबार कोरोना संक्रमणको कारण मृत्यु भएको पुष्टि गरेको थियो ।
मृतक महिलालाई संक्रमण भएको पुिष्ट भएपछि गाउँ नै शिल गरेर ५५ जनाको स्वाव संकलन गरिएको थियो । बाँकी रहेकाहरुको आज स्वाब संकलन भईरहेको वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
