
पूर्णपुष्टि, जेठ ५ गते ।
धनुषाको शहिदनगरबाट हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शहीदनगर नगरपालिका–३ झण्डा चोकबाट कटुवा पेस्तोलसति अक्षय पासवान र सुलिनकुमार साहलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा सादा पोशाकमा खटेका प्रहरी टोलीले झण्डा चोकमा ज १२ प ५१६५ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा १ थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ३ थान गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिने निबासी १८ वर्षीय पासवान र त्यसै ठाउँका २० वर्षीय साह रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई हतियार र मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
