Thursday, May 21News That Matters

विश्वका कोरोना संक्रमित मध्ये साढे १८ लाख भन्दा बढी उपचारपछि निको भए

पूर्णपुष्टि, जेठ ५ गते । 

विश्वका विभिन्न देशमा कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित भएका मध्ये साढे १८ लाख भन्दा बढी उपचारपछि निको भएका छन् । अहिलेसम्म १८ लाख ५५ हजार भन्दा बढी उपचारपछि निको भएका हुन् ।

विश्वमा अहिलेसम्म ४७ लाख ९८ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । उक्त संक्रमितमध्ये अहलेसम्म ३ लाख १६ हजार ५ सय १४ जनाको मृत्यु भएको छ ।

विश्वमा सवै भन्दा बढी संक्रमित भएको देश अमेरिकामा मत्रै १५ लाख २७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भईसकेको छ । अमेरिकामा ३ लाख ४६ हजार भन्दा बढी उपचारपछि निको भएका छन् भने करिब ९१ हजार जनाको मृत्यु भएको छ ।