Thursday, May 21News That Matters

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो

पूर्णपुष्टि, जेठ ५ गते । 

आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाण्डौँमा गरिएको परिक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

रौतहटको इशनाथ नगरपालिकाका २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष, रौतहटकै माधबनारायण नगरपालिकाकी २८ वर्षीया महिला र बाराको करैयामाइका ३८ वर्षीय पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपाालमा कोरोना संक्रमितको सख्या ३ सय ४ पुगेको मन्त्रालयले जनाएको छ ।