Friday, May 22News That Matters

१५ दिन लम्बियो लकडाउन

पूर्णपुष्टि, जेठ ५ गते ।  

लकडाउन आगामी जेठ २० गतेसम्म लम्बिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय समन्वय समितिको सिफारिसको आधारमा लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना संक्रमणको कारण दुई संक्रमितको मृत्यु भएसँगै संक्रमितको संख्या बढ्ने क्रम नरोकिएकाले संक्रमण रोक्न लकडाउनलाई निरन्तरता दिनुपर्ने समितिको सुझाव थियो । आइतबार नै बसेको समितिको बैठकले लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गरेको थियो ।

सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि दोस्रो पटक चैत २५ गतेसम्म, तेस्रो पटक वैशाख ३ गतेसम्म, चौथो पटक वैशाख १५, पाँचौ पटक वैशाख २५ गतेसम्म र छैटौँ पटक जेठ ५ गतेसम्म लकडाउन थपेको थियो ।

नेपालमा अहिलेसम्म ३ सय ४ जनामा संक्रमण पुष्टि भईसकेको छ भने ३६ जना उपचारपछि निको भएका छन् ।