Thursday, July 2News That Matters

कोरोना संक्रमणबाट बीपी प्रतिष्ठानमा थप १ जनाको मृत्यु

पूर्णपुष्टि, असोज १९

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनसरीको धरान–१५ घर भएका ५५ वर्षीय पुरुषको आज बिहान पौने ७ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यही असोज १६ गते प्रतिष्ठानमै गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषमा पहिलेदेखि नै मिर्गौलाको र हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।