Friday, May 22News That Matters

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

पूर्णपुष्टि, भदौ ७

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–११ निबासी  ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।

नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा हिजो बेलुकी साढे ७ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।

गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनीमा संक्रमण पोजेटिभ भएको थियो ।

उनी थाइराइडको विरामी थिईन् । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि उनलाई साउन २४ गतेदेखि नै आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।