
पूर्णपुष्टि, भदौ ७
महोत्तरीमा बोक्सिको आरोपमा महिलालाई कुटपिट गर्ने एक युवा पक्राउ परेको छ । सम्सी गाउँपालिका–७ जावद टोलमा बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने कृष्ण यादव पक्राउ परेको हो ।
गतराति स्थानीय २४ वर्षीय यादवलाई महिलालाई बोक्सिको आरोप लगाई कुटपिट गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषी पाइए कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।
युवाको कुटपिटबाट घाइते भएकी महिलालाई जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
