Friday, May 22News That Matters

कोरोना संक्रमणबाट १७ देशमा २६५ नेपालीको मृत्यु

पूर्णपुष्टि, असोज ११ 

कोरोना भाईरसको संक्रमणबाट गत साता विदेशमा रहेका थप २१ जना नेपालीको मृत्यु भएको छ ।
कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, यूएईमा १ जना, युगान्डामा १ जना गरी गत साता मात्रै थप २१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ ।
शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य समितिले जनाएको छ । ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपालीमा कोरोना पुुष्टि भएको छ । तीमध्ये ३५ हजार ७८ जना कोरोनाबाट निको भएको जनाईएको छ ।