Friday, May 22News That Matters

आजदेखि ब्याडमिन्टनको अभ्यासमा सुरु

पूर्णपुष्टि, असोज ११ 

आजदेखि ब्याडमिन्टनको अभ्यासमा सुरु भएको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा ब्याडमिन्टन खेलाडीले अभ्यास थालेका हुन् ।
दुई घन्टा सरसफाई गरेपछि कोरियन प्रशिक्षक चोई सिउन कुकले पहिलो दिन आज खेलाडीलाई सामान्य अभ्यास गराएका छन् ।

तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिने जनाईएको छ । लामो समयदेखि हुन नसकेको अभ्यासमा फर्किन पाउँदा खेलाडी उत्साहित भएका छन् । कोरोना भाइरसका कारण कोर्टबाहिर रहेका खेलाडीमा उमङ्ग छुट्टै  देखिन्थ्यो ।
कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण ठप्प भएको नेपालको खेलकुद क्षेत्र भने अझै चलायमान हुन सकेको छैन ।