
पूर्णपुष्टि, असोज ११
नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा सेल्फ क्वरेण्टीनमा बस्नुभएको छ ।
प्रधानसेनापति निवासको भान्सामा कार्यरत एक जना सदस्यमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानसेनापति सेल्फ क्वरेण्टीनमा बस्नुभएको हो ।
शनिबार भान्सेमा कार्यरत ती सदस्यमा सङ्क्रमण पुष्टि भएको थियो । प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षता अपनाउँदै सेल्फ क्वरेण्टीनमा बस्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

