
पूर्णपुष्टि/चैत्र, २४
कोरोना संक्रमण बाट यएइमा एक नेपालीको मृत्यु भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)मा रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको अन्तराष्ट्रिय संञ्चार माध्यमहरुले जनाएको छ ।
४० बर्षिया बिनु बिगत ९ बर्ष देखि युएइमा कार्यरत थिइन् । दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कोरोना संक्रमणबाट भएको जनाएको थियो । सोमबार आएको स्वास्थ्य रिपोर्टले यस्तो पुष्टि गरेपछि श्रीमान डोलराज पराजुलीलाई सो रिपोर्ट उपलब्ध गराएको थियो ।
बिनु केहिदिन अघि मात्र अस्पतालमा जाँच गर्न गइकी थिइन । तर औषधी लिएर घरमै आराम गरिन् । उनको मृत्यु काम गर्ने घरमै भएको थियो । उनलाई मृत्यु पछि तत्काल हस्पिटल लग्दा हस्पिटलले यस्तो रिपोर्ट देखाएको हो ।
उनलाई उतै दाहसंस्कार गर्ने आफन्त हेमराज भण्डारीले बताएको छ । कोरोना त्रासका कारण शव नेपाल ल्याउन असम्भव रहेको आफन्तले जनाए ।
