Monday, April 20News That Matters

रौतामाई गाउँपालिकाको सबै वडामा राहत वितरण

रौतामाई/चैत्र, २४

रौतामाइ गाउँपालिकाले सबै वडामा खाद्यन्नको राहत प्याकेज वितरण गरेको छ । सोमवार पहिलो चरणको खाद्यन्न वितरण गरिसकेको रौतामाई गाउँपालिकाको अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताउनुभयो ।

कोरोना भाइरस नियन्त्रणमा सरकारले लगाएको लकडाउनमा प्रभावित खाद्यन्न अभाव परिवारहरुको पहिचान गरी पालिकाले सबै ८ आटा वडाहरुमा खाद्यन्न प्याकेज पुराएको अध्यक्ष खड्काले बताउनुभयो ।

पालिकाको विवरण अनुसार वडा नं १ मा २३, २ मा ३२, ३ मा १२, ४ मा ३५, ५ मा १००, ६ मा ४, ७ मा २३२ र ८ मा ३५ घरपरिवार गरी जम्मा जम्मा ६ लाख ६२ हजार २ सय बराबरको खाद्यन्न बितरण गरेको पालिकाको प्रमुख प्रशासकिय अधिकृत खम्बराज राईले बताउनुभयो ।