
पुर्णपष्टि,कार्तिक ८
धनुषमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१ निवासी ६५ वर्षीया महिलाको आज बिहान २ बजे मृत्यु भएको हो ।

उनको शुक्रबार स्वाब संकलन गरी परीक्षण गर्दा राति ८ बजे रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

ज्वरो आउनुको साथै स्वाशप्र्रश्वासमा समस्या भएपछि महिलालाई शुक्रबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो । अस्पतालका अनुसार महिलामा उच्च रक्तचाप, मधुमेह र दमसमेत देखिएको थियो ।

