Tuesday, April 21News That Matters

बाबुराम र उनकी पत्नीलाई कोरोना संक्रमण

पूर्णपुष्टि कार्तिक ८

बाबुराम भट्राई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जालमार्फत आफुहरुलाई कोरोना पुष्टि भएको जानकारी भट्टराईले गराएका छ ।

पूर्वप्रधानमन्त्री एंव  जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराई पछिल्लो समय  गोरखा र मधेसका जिल्लाहरूमा पार्टी प्रवेशको कार्यक्रममा व्यस्त थिए ।

आफूहरूलाई ’चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं ! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ,’ भट्टराईको स्टाटसमा लेखिएको छ ।