
पुंर्णपुष्टि, कार्तिक ८
दसैँ नेपालमा मान्ने एक ठुलो पर्व हो । यो बेला हरेक नेपालीहरुको घर घरमा सागसब्जी र फलफुल भन्दा बढी मासु पाक्ने गर्छ । मासु दिनदिनानु खाँदाको असर र यसको समस्याको रुपमा उत्पन्न हुने रोगहरु प्रसस्त मात्रामा रहेको पाइन्छ । आवश्यकताभन्दा बढी मासु खाएमा स्वास्थ्यमा नकारात्मक असर पर्छ । अत्यधिक मात्रामा मासु खानाले स्वस्थ मानिस पनि बिरामी पर्छन् । तसर्थ सन्तुलन मिलाएर खानुपर्छ जसले स्वास्थ्यमा लाभ पु¥याओस् ।

यसका लागि चाँड पर्वमा मासुलाई मात्र दिमागमा राख्नु हुदैन । बिषेश गरी सागसब्जी र फलफुललाई पनि उत्तिकै महत्व दिनु पर्छ ।
मासुका परिकार बढी खाँदा बच्चा, वृद्ध र दीर्घ रोगीहरुको स्वास्थ्यमा नकारात्मक असर गर्छ। त्यति मात्र होइन, शारीरिक कसरत नगर्ने तर बसीबसी मासु मात्र खाने गर्दा स्वस्थ व्यक्तिलाई पनि अन्य दीर्घरोग बढ्ने सम्भावना हुन्छ ।

दसैंमा बालबालिकालाई झाडापखाला लाग्ने, बान्ता हुने, कब्जियत हुने र खान मन नलाग्ने जस्ता समस्या देखिन्छन्। त्यस्तै उच्च कोलेस्टेरोल, मधुमेह, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या पनि यो बेलामा बढी देखिन्छ ।
त्यसैले दसैं–तिहारमा मासु खाँदा सबै उमेर समूहका मानिसले उत्तिकै ध्यान पु¥याउन जरुरी छ । हुन त मासु आफैंमा खराब चिज होइन, तर जुन तरिकाले हामी खान्छौँ, त्यसले शरीरलाई बेफाइदा गर्छ ।
मासु शरीरका लागि चाहिने पौष्टिक आहार हो । त्यसैले यसको सन्तुलन मिलाएर खान सकियो भने धेरै फाइदा हुन्छ। मासुबाट शरीरमा चाहिने प्रोटिनका साथै आइरन पनि प्राप्त हुन्छ ।

मासुसँग अन्य भिटामिन ‘सी’ युक्त खानेकुरा जस्तैः फलफूल, सागसब्जी पनि खाँदा स्वास्थ्यलाई हितकर हुन्छ । किनकी मासुसँग फलफूल र सागसब्जी मिसाएर खाँदा मासुबाट प्राप्त् हुने फलामतत्व र पोषणलाई सोस्न गर्न मद्दत पुग्छ ।
तसर्थ, दसैंको बेलामा मासु पकाउँदा भान्सामा सागसब्जी, विभिन्न वनस्पतीजन्य फाइवरयुक्त तरकारी अनिवार्य रुपमा बनाउनुपर्छ । त्यो बाहेक काँक्रो र मुलाको अचार, रायोको गेडा राखेर खाँदा झनै स्वास्थ्यवद्र्धक हुन्छ ।

सागसब्जी र अन्य फाइबरयुक्त तरकारीले शरीरभित्र भएका नचाहिने चिल्लो पदार्थलाई शरीरबाहिर निकाल्ने काम गर्छ । काँक्रो र मुलाको अचारमा रायोको गेडालाई तोरीको तेलमा पकाएर खानाले मासुको चिल्लोलाई पचाउन सघाउ पुग्छ ।
साथै फलफूल प्रशस्त मात्रामा खानुपर्छ । दसैंको बेलामा अम्बा पाइन्छ। अम्बामा अत्यधिक मात्रामा रेशा हुन्छ । चिल्लो पदार्थलाई शरीर बाहिर निकाल्ने हुँदा मासुका साथै अम्बा खानु उपयुक्त हुन्छ ।
