
पूर्णपुष्ट, कार्तिक ८
बिगतको दसैँहरुमा भन्दा यो वर्षको दसैँमा निकै कम मानिसहरुले उपत्यका छाडेको छ । दसैँको वेला दिनहु लाखौँ उपत्यका बाट गृह जिल्ला जाने गरेको भएपनि यो वर्ष भने कोरोना भाईरसका कारण कम मानिसले काठमाण्डौँ छाडेको हो ।

गत बर्षहरुमा दसैँको वेला दिनहु जसो लाखौँ मान्छेहरुले उपत्यका छाड्ने गरेका थिए । यो बर्ष दसैँभरी जम्मा २ लाखले मात्र उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

माशाखाका अनुसार घटस्थापनाका दिन २१ हजार ६ सयले मात्र उपत्यका छोडेका थिए भने पछिल्लो २४ घण्टामा ४८ हजारले मात्र उपत्यका छाडेका छन् ।ट्राफिक प्रहरी महाशाखाका अनुसार दसैंको पहिलो र दोस्रो दिन २१–२१ हजार, तेस्रो र चौथो दिन २३–२३ हजार, पाँचौं दिन २२ हजार ३ सय, छैटौं दिन २५ हजार २ सय र सातौं दिन पछिल्लो २४ घण्टामा ४८ हजारले उपत्यका छाडेका हुन् । योसँगै उपत्यका छोड्नेको संख्या सात दिनमा २ लाख १८ हजार ९ सय पुगेको महाशाखाले जनाएको छ । 
फुलपातीको दिन २४ घण्टामा ८ हजार ७ सय बढी गाडीमा सर्वसाधारण गृहजिल्ला गएका हुन् । यसअघि बिहीबार ३३ हजार ४ सयले उपत्यका छोडेका थिए । उपत्यकामा विभिन्न कामको सिलसिलामा बसेकाहरू दसैंको टीका थाप्न घर जाने गर्दछन् ।

