
पूर्णपुष्टि,चैत ३०
कोरोना भाईरस कोभिड–१९ को संक्रमणबाट तीन जनाको ज्यान गएको छ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको ज्यान गएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीया, अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका–३ का एकजना पुरुष ज्यान गएको छ ।
तीनैजनाको आज बिहान फरकफरक समयमा ज्यान गएको हो ।
तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनको सोमबार बिहान ७ : २७ मा ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनमा ज्वरो, दम र निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ ।
त्यसैगरी अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ९ : ५० बजे ज्यान गएको अस्पतालले जनाएको छ । उनमा पनि ज्वरो, दम, निमोनियाको समस्या रहेको थियो ।
त्यस्तै कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ७ : १४ बजे मृत्यु अस्पतालले जनाएको छ । संक्रमित पुरुषमा मधुमेह, ज्वरो, दम, निमोनियाको समस्या अस्पतालले जनाएको छ ।
