
पूर्णपुष्टि, चैत ३०
१५ किलो लागुऔषध चरेश पर्साबाट प्रहरीले बरामद गरेको छ । शनिबार राति ९ बजे गएको प्रहरी टोलीले गँहुको खेतमा २ वटा बोराभित्र लुकाएर राखेको अवस्थामा चरेश बरामद गरेको थियो । कालिकामाई गाउँपालिका– १ तीनडाबियाबाट प्रहरीले सो चरेश बरामद गरेको हो ।
बरामद भएको चरेश आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ । चरेश लुकाउने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
