Thursday, May 28News That Matters

कोरोना संक्रमित ८१ वर्षीया महिला सहित २ जना उपचारपछि निको भए

पूर्णपुष्टि, बैशाख ११ गते । 

नेपालमा थप दुईजना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । ८१ वर्षीया जेष्ठनागरिक र र ५८ वर्षीय पुरुष उपचारपछि निको भएर घर फर्किएका हुन् ।

पाटन अस्पतालमा उपचारार्थ पेप्सीकोलाको सनसीटी अपार्टमेन्टमा बस्दै आएका ८१ वर्षीय महिला र ५८ वर्षीय पुरुष उपचारपछि निको भएर घर फर्किएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरु एकै परिवारका हुन् ।

उनीहरुसँगै नेपालमा कोरोना संक्रमित उपचारपछि निको हुनेको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।