Friday, July 3News That Matters

कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार नाघ्यो

पूर्णपुष्टि, भदौ ५

पछिल्लो २४ घण्टामा नेपालमा थप आठ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार चार सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ५० जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको छ । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार दुई सय १४ पुगेको छ ।

अब नेपालमा १२ हजार एक सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै  १२ हजार दुई सय ३४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।