
पूर्णपुष्टि, जेष्ठ २१
ग्लोबल आइएमइ लघुवित्त मोरङ रंगेली शाखाले कोभिड हस्पिटललाई २५ हजार बराबरको आर्थिक सहयोग गरेको छ ।
संस्थाले रंगेली नगरपालिका ७ मा रहेको कोभिड हस्पिटललाई एक समारोहका बिच आर्थिक सहयोग गरेको हो ।
कोरोना माहामारीका बिच आम नेपालीहरु संक्रमणको भागेदार बनिरहेको अवस्थामा कोरोना उपचारमा थप सेवा तथा सहजका लागि अस्पताललाई आर्थिक सहयोग गरेको संस्थाका प्रमुख कुन्दन यादवले बताउनुभयो । शुक्रबार संस्थाका प्रमुख यादवले हस्पिटलका मेसु रोहेन्द्र पाण्डेलाई चेक हस्तान्तरण गर्नुभयो ।
संस्थाले कोरोना सम्बन्धि बिभिन्न सहयोग र माहमारीमा सामाजिक कामहरु गर्दै आईरहेको यादवले बताउनुभयो । कोरोना माहामारिकै बिच पनि संस्थाको आर्थिक उन्नतिमा निरन्तरता दिन सदस्यहरुलाई ई सेवा बचतका संञ्चालनमा ल्याइएको छ ।
संस्थाले हाल बिषम परिस्थितिमा सदस्य थता अन्य नयाँ इच्छुक सदस्यका लागि पनि अनलाई कोभिड फर्म तयार गरेको छ । यस माध्यम मार्फत पनि ५ सय जना सदस्य तथा स्थानीयहरुले अनलाई कोभिड फर्म भरिसको संस्थाले जनाएको छ ।
