
पूर्णपुष्टि, चैत १०
अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमणबाट एक प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
बोल्डर सहरमा रहेको किङ्ग सूपर ग्रोसरी स्टोरमा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाईएको छ । उनलाई चोट लागेकाले उपचार भइरहेको जनाईएको छ ।
आक्रमण के कारणले भयो भन्नेबारे नखुलेको जनाईएको छ ।
