
पूर्णपुष्टि, चैत १०
दाङको तुलसीपुरमा स्कुल बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
तुलसीपुरको ज्ञानज्योति सेकेन्डरी स्कुलको रा १ क ४३३ नम्बरको बस पल्टिँदा दुई विद्यार्थीको मृत्यु भएको हो ।
तुलसीपुर–१६ का अस्मिता डाँगी र किरण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु कक्षा ११ मा पढ्ने विद्यार्थी भएको अनुमान गरिएको छ ।
दुर्घटनामा १५ जना विद्यार्थी घाइते भएका छन् । घाइतेहरुको तुलसीपुरको राप्ती प्रादेशिक अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । केही विद्यार्थीको गम्भीर घाइते भएकाले थप उपचारका लागि बाँकेको नेपालगन्ज रेफर गर्ने तयारी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
