
पूर्णपुष्टि, साउन २७
साउन १८ गते शप्तकोशीले बाध भत्काएर बस्तीमा पस्दा उदयपुर र सुनसरीका तेईस सय बासिन्दा बिस्थापित भएका थिए । कोशीमा पानिको बहाव कम भएसँगै विस्थापितहरु घर फर्कन थालेका छन् । अहिलेपनि एबिसी टप्पु र सृजना टोलका २१९ बासिन्दा जोखिम कायम रहेकाले घर फर्कन सकेका छैनन् । उनिहरुलाई नगरपालिकाले जनता क्याम्पस र कुन्तीचौरमा राखेका छन् ।
कोशीपिडित अधिकांशले कोशीमा बाध लगाएर दिर्घकालिन समाधान खोज्नुपर्ने माग राखेका छन् । विस्थापित सुमित्रा पुनले सरकारले बाध लगाएर आफुहरुलाई पुनस्थापन गर्नुपर्ने बताएकी छिन् । बेलका नगरपालिकाका मेयर अशोक कार्कीले प्रदेश र संघिय सरकारसँगै समन्वय गरेर बाध लगाउने बताउनु भएको छ ।
