
पूर्णपुष्टि,चैत २६
कोशी नदीमा हामफालेर एक वृद्धले आत्महत्याको प्रयास गरेका छन् । झापा बिर्तामोड नगरपालिक–३ का ८४ बर्षीय जोगिन राजवंशीले आत्महत्याको प्रयास गरेका हुन् । प्रहरीले उक्त वृद्धको सकुशल उद्धार गरेको छ ।
हिजो अपरान्ह सवाँ ४ बजेको समयमा कोशी नदीमा एक व्यक्तिले हामफालेको भन्ने खबर प्राप्त भए संगै प्रहरी चौकी कोशी ब्यारेजबाट तत्काल खटिएको प्रहरी टोलीले स्थानीय माझिहरुको सहयोगमा कोशीमा बगिरहेको अवस्थामा सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
