
पूर्णपुष्टि, चैत २६
मोरङ बिराटनगर–१६ हुलासचौक स्थितमा एक ट्याम्पु चालकलाई प्रहरीले लागूऔषध सहित पक्राउ गरेको छ । सुनसरी धरान–१६ का २४ बर्षीय निखिल जोशीलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
आज बिहान साढे ७ बजे को २ ह ५८०६ नम्बरको जोशीले चलाई ल्याएको ट्याम्पुमा लागूऔषध स्पास्मो प्रोक्सिभन क्याप्सुल ३२० पिस बरामद भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
ट्याम्पो र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
