
पूर्णपुष्टि, १४ भदौ ।
कोशी प्रदेशमा रहेको मनमोहन प्राविधिक विश्वविद्यँलयको बारेमा धेरै विद्यार्थीहरु बेखबर हुन सक्छ । देशैकै पहिलो प्राविधिक विश्वविद्यालयको रुपमा स्थानपना भएको यस विद्यालय प्रचारप्रसारको कमी हुँदा पनि बेखबर भएको अनुमान लगाउन सकिन्छ । २०७६ सालदेखी पठनपाठन सुरु भएको यस विश्वविद्यालयलाई कोशी प्रदेश सरकारले लगानी गरेको छ ।
झण्डै ३ अर्ब लगानी रहेको उक्त विद्यालय प्रदेशको मात्र नभई देशकै उत्कृष्ट प्राविधिक विश्वविद्यालयको रुपमा व्यवस्थापन गरिएका छ । विद्यालयका डिन प्रा.डा प्रचण्ड मान प्रधानका अनुसार काठमाण्डौँ पोखरा लगायतका विद्यार्थीहरु मनमोहन विश्वविद्यालयमा अध्यान गर्न आईरहँदा प्रदेशवासीहरु भने बेखवर रहेको जनाए । स्नातक तहको विद्यार्थी अभियानको अन्तरक्रिया तथा प्रचारप्रसारको क्रममा उदयपुर आएका प्रधानले प्रदेशवासीहरुको लागि यो निकै उत्कष्ट र सुविधामुलक विद्यालयको रुपमा रहेको जानकारी दिए । बिभिन्न बिधामा स्कलरसिप समेतको व्यवस्था रहेको यस विश्वविद्यालयले कम्युटर बेस्ट डेक्स अन्तर्गत भर्ना अभियानलाई निष्पक्ष रुपमा संञ्चालन गरेको प्रधानको भनाई छ ।

यहाँ हाल स्कुल अफ इन्जिनीयरिङ, स्कुल अफ मेडिसिन एण्ड एलाईड हेल्थ साईन्सेस र स्कुल अफ एप्लाइड साइन्स एण्ड टेक्नोलोजी गरी तिन ओटा बिषयमा पढाई भैरहेको डिन प्रधानले जानकारी दिए । यी सबै बिषयहरु न्युनतम शुल्कमै अध्यान गर्न सकिने प्रधानले बताए । प्रधानका अनुसार यहि बिषय अन्य विद्यालयहरुमा पढ्दा भने १४ लाख बरावर खर्च हुने जनाए । तर यहाँ झण्डै ६ लाखमा पढ्न सकिने प्रधानको भनाई छ । २०८०÷८१ का लागि ४ बर्षे बि.एड सिभिलमा ५ लाख ९० हजार र बि.एड इलेक्ट्रोनिकमा ५ लाख ८० हजारमै पठनपाठन सकिने छ ।
यहाँ जेहेन्दार, सेकेण्ड टपर र राम्रो माक्स कम्जोर आर्थिक अवस्थाको विद्यार्थी गरी ३ ओटा विद्यामा स्कलसिपको पनि व्यवस्था गरिएको प्रधानको भनाई छ ।
२०८०÷८१ को लागि यहि भदौ ३१ सम्म भर्ना खुल्ला गराएईएको छ । तोकिएको मिति भदौ ३१ गते सम्म भर्ना गर्नेलाई १८०० र असोज ५ सम्म भर्ना हुनेलाई भने २५०० भर्ना शुल्क लाग्ने विद्यालयले जनाएको छ । उक्त विद्यालय मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको छ ।
