Sunday, May 3News That Matters

कोशी प्रदेशमा माओवादीका तिन मन्त्रीले बुझाए राजीनामा

पूर्णपुष्टि, २६ चैत्र ।
कोशी प्रदेशमा माओवादी केन्द्रका तिन जना मन्त्रीले राजीनामा बुझाएको छ । कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा माओवादी केन्द्रका तीन मन्त्रीले सोमबा मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्। खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले राजीनामा बुझाएका हुन् । माओवादीले आजै मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन समेत फिर्ता लिने भएको छ । प्रदेश सरकारमा माअ‍ेवादीका १३ सांसद छन् ।