Saturday, May 2News That Matters

कोशी प्रदेश डान्स क्याम्पको तयारी तिव्र, भदौ १५ देखी अडिसन

पूर्णपुष्टि, १० भदौ ।
भाईरस डान्स क्याम्पको आयोजनामा हुन लागेको कोशी प्रदेश स्तरीय डान्स क्याम्पको अडिसन यहि भदौ १५ गतेदेखी सुरु हुने भएको छ । कोशी प्रदेशको बिभिन्न जिल्लाहरुमा यसको अडिसन हुने आयोजकले जनाएको छ । भाईरस डान्स क्याम्पका प्रमुख कल्याण कार्कीका अनुसार उदयपुरको बेल्टार बजारबाट अडिसन सुरु हुने छ । यहि भदौ १५ गते शनिवारका दिन बेल्टारमा अडिसन तथा प्रतियोगिताको प्रारम्भ हुने कार्कीको भनाई छ ।

अडिसनका लागि भव्य तयारी भैरहेको कार्कीले जनाए । करिब ५ बर्ष अगाडी बाट उदयपुरको गाईघाटमा नृत्य प्रशिक्षण गर्दै आएका यस संस्थाले पहिलो पटक प्रदेश स्तरीय प्रतियोगिताको आयोजना गर्न लागेको हो । उक्त प्रतियोगिताको प्रथम पुरस्कार नगद रु : १,११,१११, दिद्धिय पुरस्कार नगद रु : ५५,५५५, तृतिय पुरस्कार नगद रु : ३३,३३३ र पुरस्कार : नगद रु : ९,९९९ रहेको छ । प्रथम पुरस्कारलाई पूर्व मेयर तथा एकीकृत समाजवादीका नेता बलदेव चौधरीले प्रायोजन गरेको छ । प्रतियोगिता १५ गतेबाट सुरु भई असोज २३ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।