Monday, May 4News That Matters

कोशी प्रदेश लेखिएको बोर्ड हटाउन र छाप, लेटर प्याड नचलाउन बेलका नगरलाई ज्ञापन पत्र

पूर्णपुष्टि, ३१ ।
किरात राई यायोख्खा बेलका नगर कार्यसमितिले पहिचानको आन्दोलनलाई सहयोग गर्न बेलका सरकारलाई अनुरोध गरेको छ ।
समितिले उदयपुरको बेलका नगरपालिकालाई मंगलबार कोशी लेखेको बोर्ड हटाउन र छाप लेटर प्याड प्रयोग नगर्न भन्दै ज्ञापन पत्र बुझाएको हो । पहिचान पक्षधर सहित बिभिन्न राजनितिक दलहरु समेतले ज्ञापन पत्र बुझाएको हो ।

प्रदेशको नाम राख्दा ७२ घन्टा अगाडि नै सुचना हुनु पर्ने तर प्रदेश नं। १ को नाम सुटुक्क कोशी राखिएको भन्दै अहिले विभिन्न चरणको आन्दोलन भइरहेको छ। आन्दोलनको क्रममा एकजना पदम कुमार लिम्बु ूलाजेहाङ्गू सहिद भइसक्नु भएको छ भने कैयौं घाइते भइ केही अझै उपचाररत नै हुनुहुन्छ।

अर्को तर्फ सुरक्षा निकायका पनि धेरैजना घाइते हुनु भएको छ।
हिजोका दिनमा १ नं। प्रदेशको नाम कोशी प्रदेश राख्दा समर्थन जनाएता पनि अहिले गल्ती महसुस गरिरहनु भएको छ र जनताको मर्म, चाहाना र भावना बिपरित निर्णय लिएकोले एकपछि अर्को हुँदै अहिले विभिन्न पार्टीहरुले पनि पहिचान पक्षको समर्थन गरिरहनु भएको छ।

तसर्थ कोशी लेखिएको बोर्ड हटाउन र कोशी प्रदेश लेखिएको छाप र लेटर प्याड नगर तथा मातहतमा रहेका कार्यलयमा नचलाउन विनम्र आग्रह गर्दै संयुक्त रुपमा ज्ञापन पत्र बुझाउनु भएको पहिचान पक्षधरले जनाउनु भएको छ।

ज्ञापन पत्रले ध्यानाकर्षण भएको बताउदै बेलका नगर प्रमुख अशोक कार्कीले सकारात्मक प्रतिक्रिया दिनु भएको छ। विनम्रता पुर्वक बुझाएको ज्ञापन पत्रको यदि कार्यान्वयन नभए अझ कडा रूपमा लागी पर्ने र त्यसबाट उत्पन्न हुने असुबिधा घटनाहरुको समस्याको जवाफदेही सम्बन्धित निकाय नै हुने समेत ज्ञापन पत्रमा उल्लेख छ।