
पूर्णपुष्टि, साउन १९
परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोशी प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गरेका छन् । आज मन्त्री खड्काले बाध भत्काएर गाउँतिर पसेको स्थान डुम्रीबोटे, डुवानमा परेको बेलका नं.पा. १, २, ३, ८ र ९ वडाको निरिक्षण गरेका थिए । उनले डुवान प्रभावितलाई सरकारले सहयोग गर्ने समेत आश्वासन दिएका छन् । यस्तै प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले पनी डुवान क्षेत्रका निरिक्षण गरेका छन् ।
साउन १८ गते विहान कोशीले आफ्नो धार परिवर्तन गर्दै बेलका ८ डुम्रीबोटको बाध फट्दा सो क्षेत्रका २ हजार भन्दा बढी घर डुवानमा परेका छन भने १० हजार भन्दा बढी विस्थापित भएका छनर ।
