क्यान्टिनको खाजा खाएर फुड पोइजन हुँदा ३४ विद्यार्थी बिरामी

पूर्णपुष्टि, भदौ १० गते ।
क्यान्टिनको खाजा खाएर फुड पोइजन हुँदा झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालय अध्ययनरत ३४ जना विद्यार्थी एकै साथ बिरामी भकएका छज् ।
उनीहरूको मेची अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । काँकडभिट्टा माविभित्र सञ्चालित क्यानटिन (चमेना गृह) मा खाजा खाएको आधा घण्टापछि विद्यार्थी एकाएक बिरामी पर्न थालेको विद्यालयका प्रधानाध्यापक हरि न्यौपानेले जानकारी दिए ।
विद्यार्थी बिरामी पर्न थालेपछि उनीहरूलाई तत्काल स्थानीय मेडिकलमा उपचारका लागि लगिएको र थप स्वास्थ्यमा समस्या देखिएपछि मेची अस्पताल ल्याएको प्रधानाध्यापक न्यौपानेले बताए ।
कक्षा १ देखि ६ सम्मका विद्यार्थीमा फुड पोइजनको लक्षण देखिएको बताउँदै प्रधानाध्यापक न्यौपानेले भने, ‘विद्यार्थीले क्यानटिनमा गएर छोला र मुरै खाएका थिए, टिफिन टाइममा खाजा खाएको केही समयपछि विद्यार्थीको पेट दुख्न थाल्यो ।’ एकैपटक धेरै विद्यार्थी बिरामी भएर अस्पताल पुगेपछि आकस्मिक कक्षका स्वास्थ्यकर्मीलाई उपचार गराउन सकस भएको थियो । विद्यार्थीलाई आकस्मिक कक्षको भुईँमा राखेर पनि स्वास्थ्यकर्मीले उपचार गराउनु परेको थियो ।
अस्पतालमा ल्याएपछि अहिले सबै विद्यार्थीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । फुड पोइजनको लक्षण खानाको विषाक्तता, प्रदूषित खाने कुराको मात्रा र संक्रमित ब्याक्टेरियाका कारण हुन्छ । त्यसपछि बान्ता हुने, वाकवाकी लाग्ने, पखाला लाग्ने, पेट दुख्ने लक्षण देखिन्छ ।
अस्पतालमा आएका विद्यार्थीको पेट दुख्ने बाहेक अन्य लक्षण नदेखिएको अस्पतालले जनाएको छ । सबै विद्यार्थीको स्वास्थ्य अवस्थामा सामान्य छ । उपचारपछि बेलुका डिस्चार्ज गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0