पूर्णपुष्टि,माघ ५ । नाबालिकामाथि बलात्कारको आरोप झेलेका क्रिकेटर सन्दीप लामिछानेलाई अन्य खेलाडीहरुसँगै प्रशिक्षणमा बोलाउने कुनै पनि निर्णय नभएको नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले स्पष्ट पारेका छन् । ‘धरौटीमा रिहामा भएपछि सन्दीपले आफै ढंगले प्रशिक्षण गर्न पाउँने सचिव मल्लले बातए ।
सन्दीपलाई अन्य क्रिकेटर खेलाडीहरुसँग राखेर प्रशिक्षण गराउने भन्ने विषमा अहिलेसम्म क्यानले कुनै पनि निर्णय गरेको छैन । अवको केहि दिनमै क्यानले बैठक बसेर यसबारे सोच्न सकिने उनको भनाई छ ।
लामिछाने अहिले नाबालिगमाथि बलात्कारको आरोप झेली रहेका छन् । हाललाई भने उनी शर्तसहित २० लाख धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा भएपछि राष्ट्रिय टोलीमा सन्दीपको पुनरागमन कहिले हुन्छ ? कसरी हुन्छ भन्ने विषयमा चौतर्फी चर्चा चलेको छ ।
