Monday, April 20News That Matters

क्वरेन्टाइनमा बस्ने राैतामाइमा ५ पुग्याे

पूर्णपुष्टि, चैत १८ ।

रौतामाई गाउँपालिकाका क्वरेन्टाइनमा बस्ने मानिसको संख्या आज ५ पुगेको छ । हिजो १ जना रहेको मुर्कुची क्वरेन्टाइनमा आथ ३ जना थपिएका छन् । उता भु्ट्टामा पनि १ जना आज बसेका छन् ।

उनीहरु सबै बाहिर देशमा काम गर्न गई गाउँ फर्केकाहरु हुन् । उनीहरुलाई स्वस्थ्य चेकजाँच तथा खानबस्न पालिकाले व्यवस्था मिलाएको छ ।

मुर्कुचीमा १३ बेडको क्वरेन्टाइन रहेको छ भने भुट्टारमा १० जनाको क्वरेन्टाइन रहेको छ । त्यस्तै वडा नं. ६ चिसापानीमा ८ बेडको क्वरेन्टान बनाउने काम अन्तिम चरणमा रहेको जनाइएको छ ।

उक्त क्वरेन्टाइनमा पनि रहने गरी एकजना सम्पर्कमा आउने जानकारी भएको पालिका अध्यक्ष खड्काले बताउनुभयो । आजै भने आइ नसकेको उहाँले बताउनुभयो ।

विश्व महामारीको रुपमा लिइरहेको कोरोना भाइरसको संक्रमण रोक्न पालिकाले उच्च सतर्कता अपनाउदै क्वरेन्टाइनहरु निर्माण गरिरहेको हो । साथै स्वस्थ्यकर्मीहरुलाई पनि उच्च मनोबलका साथ कामगर्न प्रोत्साहित गरिरहेको जनाएको छ ।

पालिकाले विदेशबाट कामबाट फर्केकाहरुको तथ्यांक संकलनको कार्य पनि तिब्ररुपले गरिरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताउनुभयो ।