
पूर्णपुष्टि, चैत १८ गते ।
रौतामाई गाउँपालिकाका मुख्य सल्लाहकार अम्बर रायमाझीले पालिकाले हाल सञ्चालन गरिरहेको कोरोना भाइरस संक्रमण विरुद्धको अभियानलाई टेवा पुर्याउन आर्थिक सहयोग गर्नुभएको छ । उहाँले २५ हजार रुपैया सहयोग प्रदान गर्नुभएको हो ।
उक्त सहयोग रकमले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक पर्ने स्वस्थ्य सामग्रीहरु खरिद गरी प्रयोग गरिने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयो ।
कोरोना भाइरस विरुद्ध कडारुपले लागी परिरहेको पालिकालाई यस्ता सहयोग जुट्दै गएको उहाँले बताउनुभयो । हिजोमात्र समाजसेवी महेश रेग्मी र केशब बुढाथोकीले पनि सहयोग गर्नुभएको थियो ।
