Monday, April 20News That Matters

संगम पुस्तकालय बाट सशस्त्र प्रहरीलाई स्वास्थ्य समाग्री सहयोग

गाईघाट/चैत्र, १७

संगम पुस्तकालयको सहयोग तथा संयोजनमा नेपाल सशस्त्र प्रहरीबल उदयपुरलाई स्वास्थ्य सामाग्री मंगलबार सहयोग गरेको छ ।

विश्वमा फैलिरहेको कोरोना भाईरसका कारण अहिले नेपाल लकडाउन अवस्थामा छ । यसै क्रममा सुरक्षाको हिसावले २४ सै घण्टा सडक तथा फिल्डमा खटिने सशस्त्र प्रहरीलाई सुरक्षा सतर्कताका लागि पुस्तकालयले सहयोग गरेको संगम पुस्तकालयका अध्यक्ष भरत खड्काले बताए ।

बजारमा हरेक समय खटिने प्रहरीहरु आफै पहिले आफ्नो सुरक्षा गर्न सकेमा अरुको सुरक्षा गर्न सकिने भन्दै ४ सय थान पञ्जा, १०० थान माक्सर ५० ओटा सेनिटाईजर लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरेको खड्काले बताए ।

पुस्तकालयले सुरक्षा निकायका अन्य लाई पनि सहयोग गरेको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई पनि यो भन्दा पहिले स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । नेपाल प्रहरीलाई १ सय ३० थान सेनिटाईजर र ट्राफिक प्रहरीलाई ३० थान सेनिटाईजर, १०० थान पञ्जा र ३० थान माक्स सहयोग गरेको अध्यक्ष खड्काले बताए ।