
पूर्णपुष्टि, असार १ गते ।
सुर्खेतको एक वारेन्टाईनमा बसेको एक जनाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका–७ को क्वारेनटाइनमा बसेको एक जना पुरुषको मृत्यु भएको हो ।
भारतको गढवालबाट १३ दिनअघि घर फर्किएका गुर्भाकोट नगरपालिका – ८ का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको पालिकाले जनाएको छ ।
आफैले खाना पकाएर खाएका ती व्यक्ति एक्कासी छाती दुख्यो भनेर पल्टिएका थिए । त्यतिकैमा उनको मृत्यु भएको जनाईएको छ ।
मृतकको नमुना स्वाब संकलन गरी कोरोना परिक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको छ ।
