Friday, May 22News That Matters

लिम्चुङ्बुङमा कृषि प्राबिधिक शिक्षा भवन सिल्यान्यास

मिलन  परियार , 
पूणर्पुष्टि/असार, १

लिम्चिङ्बुङ गाउँपालिकामा कृषि प्राविधिक शिक्षा भवन आइतबार सिल्यान्यास भएको छ ।  वडा नम्बर ३ बाराहा  सिर्वानीको माध्यामिक बिधालयमा  बन्ने दुई तले ८ कोठे भवन हिजो गाउँपालिका अध्यक्ष मेजर कुमार राईले सिल्यान्यास गर्नु भयो ।

लिम्चुङ्बुङ गाउँपालिका प्रमुख मेजर कुमार राईको  योजना ,प्रदेस सभा सदस्य माननीय नारायण बुर्जा मगरको बिशेष पहल, आर्थिक मामिला तथा योजना मन्त्रालयको आर्थिक सहयोगमा भवन निर्माण हुने भएको छ ।  बहुबर्सिय योजना अन्तर्गत प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय बाट २ करोड बजेट आउने पालिका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो ।

सो रकम बाट यस बर्ष २०७७/०७८ मा खर्च हुने गरि २५ लाख बिनियोजन भएको र २०७७/०७८ मा सो रकम बराबरको काम सक्नु पर्ने अध्यक्ष राईले बताउनुभयो । भवन सम्पन्न भए लगत्तै  कृषि प्राबिधिक शिक्षाको पशु बिज्ञान र बाली बिज्ञान पढाई  सन्चालनमा ल्याउने  र यस पालिका बाट कृषि प्राबिधिक शिक्षा लिन चाहाने बिध्यार्थी  बाहिर जानू नपर्ने गरि गाउँ पालिकाले योजना बनाएको राईले बताउनुभयो ।