
उदयपुर, साउन २० गते ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा खर्च हुन नसकेको बजेट आर्थिक वर्ष २०७६÷०७७ मा क्रमागत योजना बनाई खर्च गर्ने भएको छ ।
वित्तिय सामान्यिकरण तर्फको खर्च हुन नसकेको ३ करोड ७१ लाख २० हजार बजेट क्रमागत योजना बनाई खर्च गरिने पालिकाले जनाएको छ । कुल बजेट १० करोड ७६ लाख ७९ हजार मध्येको खर्च हुन नसकेको उक्त बजेट एभरेष्ट भ्यू टावर, गाउँपालिकाको भवन, गुरुयोजना लगायतका शिर्षकमा रहेका थिए ।
वित्तिय सामान्यिकरण तर्फको बजेट फ्रिज नहुने भएकाले सोही आयोजनामा खर्च गर्न सकिने प्रशासकीय अधिकृत राईले बताए ।
