Tuesday, May 5News That Matters

फरार अभियुक्त पक्राउ

उदयपुर, साउन २० गते ।

लागु औषध तथा हातहतियार खरखजना मुद्दाका फरार अभियुक्त निरबहादुर सार्की पक्राउ परेको छ । फरार रहेका रौतामाई गाउँपालिका – ६ निबासी ५१ वर्षीय सार्की आईतबार त्रियुगा नगरपालिका – ८ साईखोलाबाट पक्राउ परेको हो ।

२०५७ साल मंसिर २२ गते ८ केजी गाँजा, एक थान कटुवा पेस्तोल र ३ राउन्ड राईफलको गोली सहित सहित प्रहरीलाई देख्ने वितिकै झोला फालि फरार रहेको प्रहरीले जनाएको छ ।

विशेष सुचनाको आधारमा फरार अभियुक्त सार्कीलाई पक्राउ गरी कानुन बमोजिम कार्वाही भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।